बन डडेलोबाट जोगाउन जुटे उपभोक्ता

पालिका डायरी
१९ चैत्र २०७८, १२:४५

हेटौंडा / सुख्खायाममा हुने बन डडेलोबाट जोगाउन हेटौंडा ७ को न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ता एकजुट बनेका छन् ।
अन्य बन समुहमा लागेको डडेलो आफ्नो समुहको बन क्षेत्रमा आउन नदिन अहिले न्युरेनी चिसापानीका उपभोक्ता अग्निरेखा निर्माण कार्यमा जुटेका हुन् । बन जोगाउन बच्चा देखि वृद्धसम्म जुटेका छन् । बर्सेनि हेटौंडा ५ को पिप्लेपोखरा बन क्षेत्रबाट फैलिने डडेलोले हैरानी खेप्दै आएको न्युरेनी बनले डडेलोको समस्या सुरुहुनुअघी बन सिमाक्षेत्रमा अग्निरेखा बनाउन थालेको हो ।
सुख्खायाममा रुखका पात सुकेर झर्ने र डडेलो लाग्ने भएकोले डडेलो एक क्षेत्रबाट अर्को वन क्षेत्रमा नआओस भन्ने हेतुले सिमाक्षेत्रमा सरसफाइ कार्य गरेको समुहका अध्यक्ष ज्ञान बहादुर क्षेत्रीले बताउनुभयो ।
कान्तिलोकपथमा जोडिएको पश्चिम सिमारेखाबाट सुरु गरिएको अग्निरेखा निर्माणकार्य मकवानपुरगढीको कालिखोला सिमासम्म लैजाने र पुर्वी सिमा रानी वनक्षेत्रमा पनि चाडै नै अग्निरेखा निर्माण गरिने समुहका उपाध्यक्ष रामचन्द्र अधिकारीले बताउनुभयो ।
७१.३ हेक्टर क्षेत्रमा फैलिएको बन समूह २०७३ मा सर्वमान्य गणेशमान सिं वन संरक्षण पुरस्कारबाट तृतीय भएको थियो ।

बन डडेलोबाट जोगाउन जुटे उपभोक्ता

प्रतिक्रिया