भीमफेदीमा निर्वाचन केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न, जनयुद्धका भि सि नै एमाले प्रबेश गरेपछी माओवादी केन्द्रमा भुइचालो

पालिका डायरी
१८ चैत्र २०७८, २२:००
राम कुमार दानी

राम कुमार दानी

हेटौंडा / नेकपा एमाले भीमफेदी गाउँपालिका कमिटिले निर्वाचन केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले भीमफेदी गाउँपालिका कमिटीले आउँदो निर्वाचनलाई लक्षित गर्दै एकदिने प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

पार्र्टीको प्रदेश कमिटिको उपसचिव महेश बर्ताैलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला सम्नवय समितिको उप प्रमुख तथा वागमती प्रदेश कमिटी सदस्य भगवती पुडासैनी भीमफेदी गाउँपालिकाको अध्यक्ष तथा पार्टी जिल्ला कमिटी उपसचिव हिदम लामा जिल्ला कमिटी सचिवालय सदस्य तथा भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्बती राना लगाएत जिल्ला कमिटी सदस्यहरु निर्वाचित जनप्रतिनिधि गाउँ कमिटी पदाधिकारी सहित ,वडा कमिटीका अध्यक्ष र पधाधिकारी जनवर्र्गीय संगठनका अध्यक्षहरु गरि २५० जना कार्यकतालाइ प्रशिक्षण दिएको थियो ।

प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा पाटी प्रदेश कमिटी उपसचिव महेस बर्तौलाले समग्र बागमती प्रदेशमा अहिले पनि हाम्रो पार्टी नेकपा एमालेले जितेको जनप्रतिनिधि हरुमा ११६ जना मुलघरमा छ्न थोरै चोइटियर गएका हुन तिनिहरुले हामिलाई केही नोक्सान नहुनी बताए ।
बर्तौलाले सर्ब सहमतिमा उमेदवार छान्न पनि सिङ्गो पाटी कमिटिलाइ आग्रह गरे प्रमुख सचेतक देखि विभिन्न पाटी बाट जितेका मियर उपमियरहरु हाम्रो पाटी नेकपा एमालेमा प्रवेश गरिरहेका छन दुइ चार जना घर छोडेर जादैमा एमाले सकिएको छैन नआँतिन समेत आग्रह गरे ।

गठवन्धनको सरकार प्रतिपक्षी सङ्ग डराएर चुनाबी गठबन्धन बनाइरहेको छ यसैले प्रमाणित हुन्छ बर्तमान नेपाल सरकारले देश र जनताको लागि कति काम गरेको रहेछ भन्नी कुरा तपाईं यहि सन्देस लियर जनता माझ जान पनि आग्र गरे कार्यक्रमले पालिकामा १३६५सदस्यीय निर्वाचन परिचालन कमिटीको पनि निर्माण गरेएको छ ।
कार्यक्रम बिच अन्यदल परित्याग गरि एमालेमा प्रवेश गरेकालाई जिल्ला उपसचिव हिदम लामाले स्वागत गरेका थिए । यसै क्रममा तत्कालीन जनयुद्ध भीमफेदी भि सि कमाण्डर इश्वर बर्तौला माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया