इन्द्रसरोवर गाउँ कमिटिको निर्वाचन लक्षित प्रशिक्षण सम्पन्न

पालिका डायरी
१८ चैत्र २०७८, २१:२३

हेटाैंडा / नेकपा एमाले इन्द्रसरोवर गाउँ कमिटिकोले निर्वाचन केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा एमाले इन्द्रसारोवर गाउँपालिका कमिटीले आउँदो निर्वाचन लक्षित गर्दै एकदिने प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । पार्टीकाे प्रदेश कमिटिको उपसचिव महेश बर्तौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संविधान सभा सदस्य सुवास चन्द्र ठकुरी र नेकपा एमाले बागमती प्रदेश सदस्य तथा इन्द्रसरोवर इन्चार्ज भोजराज ढकालको बिशेष आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस्तै नेकपा एमाले इन्द्रसरोवर गाउँकमिटि अध्यक्ष देबकृष्ण पुडासैनीको अध्यक्षतामा प्रशिक्षण भेला सम्पन्न भएको थियो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य तथा इन्द्रसरोवर इन्चार्ज ऋषिराज पुडासैनी, जिल्ला सदस्य तथा इन्द्रसरोवर सह इन्चार्ज बुद्धिराम डिम्डुङ, युवा संघको केन्द्रीय सचिवालय सदस्य जयराम डिम्डुङ लगाएतको उपस्थिती रहेको थियो ।

जिल्ला कमिटी सदस्यहरु निवाचित जनप्रतिनिधि गाउँ कमिटी पदाधिकारीसहित ,वडा कमिटीका अध्यक्ष र पधाधिकारी जनवर्र्गीय संगठनका अध्यक्षहरु गरि सय जना कार्यकतालाइ प्रशिक्षण दिएको थियो । संविधान सभा सदस्य सुवास चन्द्र ठकुरीले प्रशिक्षण तथा अभिमुखिकरणको सहजिकरण गरेका हुन् ।

 

 

प्रतिक्रिया