६५ औं राष्ट्रिय सहकारी दिवसकाे अवसरमा हेटौंडामा बिविध कार्यक्रम हुँदै

पालिका डायरी
१७ चैत्र २०७८

बागमती प्रदेश स्तरिय ६५ औं राष्ट्रिय सहकारी दिवस प्रदेश राजधानी हेटौंडामा बिविध कार्यक्रम सहित मनाउनको लागि सम्पुर्ण तयारी पुरा भएको छ ।

‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराका साथ बागमती सहकारी दिवस मनाउन प्रदेश स्तरीय मुल समारोह समिति गठन गरि दिवस मनाउन लागिएको हो ।

मुल समारोह समितिका अनुसार शुक्रवार १८ गते हेटौंडाको बुद्धचोकमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिनेछ भने शनिबार १९ गते हेटौंडा अस्पतालका उपचाररत विरामीलाई फलफुल वितरण गरिने कार्यक्रम रहेको छ ।

सहकारी दिवसकै चैत्र २० गते दिन विहान ७:३०बजे हेटौंडाको भुटनदेवी माविको चौरबाट ¥याली सुरु भै रोयल पार्टी प्यालेसमा प्रवचन तथा सम्मान वितरण गरिने र साँझमा प्रदेशभरका सहकारी संघ÷संस्थाले कार्यालय परिसरमा दीप प्रज्वलन गरि मनाउने तयारी रहेको देवकोटाले बताए । मुल समारोहका संयोजक नारायण प्रसाद देवकोटाले बताउनुभयो ।

प्रतिक्रिया