हेटौंडाको थानाभर्याङमा हेटौंडाकै पहिलो बिद्युतीय गाडी र स्कुटर स्वरुम

पालिका डायरी
१७ चैत्र २०७८, १६:३९
हेटौंडा

हेटौंडा / देशमा लगातार इन्धनको मुल्य बढ्दै गएको छ । इन्धनको मुल्य बढ्न थालेपछि पछिल्लो समय सर्वसाधारणको ध्यान कम खर्चमा कसरी सवारी चड्ने भन्ने तर्फ सोच्न थालेका छन् । यसैअुरुप बागमती प्रदेशको राजधानी हेटौंडाका सडकहरुमा पछिल्लो समय बिद्युतीय सवारी साधनहरु देखिन थालेका छन् ।

क्लिन एण्ड ग्रिन सिटी हेटौंडालाई अझै सफा र सुन्दर राख्ने उदेश्यका साथ हेटौंडा ११ थानाभर्याङमा इलेक्ट्रिक गाडी तथा स्कुटर सोरुममा सञ्चालन गरेर बिक्री भैरहेको छ । चुरेहिल हस्पिटल नजिकै रहेको EV Cars And Motors Pvt. Ltd मा बिजुलीबाट चल्ने कार, सामान बोक्न मिल्ने गाडी, माइक्रोबस तथा स्कुटरहरु बिक्री भैरहेको सञ्चालक युवराज आचार्यले जानकारी दिए ।

बजारमा बिजुलीबाट चल्ने सवारीको माग बढेको आचार्य बताउँछन् । २ महिनाकोे अवधिमा राम्रो बिक्री भएको उनको भनाइ छ । साथै ३ दिनको अवधिमा ४ वटा बिद्युतीय स्टकुटर बिक्री भएको सञ्चालक आचार्यले जानकारी दिए । केहि समय अघिबाट सञ्चालनमा आएको उक्त बिद्युतीय गाडी तथा स्कुटरको सोरुममा बिद्युतिय सवारीको बारेमा बुझ्न तथा खरिद गर्न आउनेको संख्या राम्रो रहेको आचार्य बताउँछन् ।

प्रतिक्रिया