रुसले फेरि दियो युक्रेनमाथि आणविक हतियार प्रयोगको धम्की

पालिका डायरी
१६ चैत्र २०७८, १५:०८
रुसले फेरि दियो युक्रेनमाथि आणविक हतियार प्रयोगको धम्की

एजेन्सी /३५ दिन सम्म पनि रुसले युक्रेनमाथि जित हात पार्न नसकेपछि फेरि उसले आफ्नो अस्तित्व रक्षाका लागि युक्रेनमाथि आणविक हतियार प्रयोग गर्न सक्ने धमकी दिएको छ ।

युक्रेन भन्दा धेरै नै शक्तिशाली मानिएको रुसले युक्रेनलाई कब्जामा लिन यति धेरै समय लाग्ला भन्ने सोचेको थिएन । तर युक्रेनी सेनाले रुसी सेना बिरुद्ध बहादुरीका साथ लडिरहेका कारण रुसले युक्रेनमा सफलता प्राप्त गर्न सकेको छैन । रुसले सोचे बिपरित युद्ध लम्बिएको छ । बिना कारण युक्रेनमाथि रुसले गत फेब्रुअरी २४ देखि आक्रमण शुरु गरेको थियो । युक्रेनी सेनाले रुसी सेनाका अगाडि घुँडा नटेकी आफ्नो देशलाई रुसी कब्जामा पर्नबाट जोगाइरहेका छन् ।

रुसी राष्ट्रपति भ्लयादिमिर पुटिनले युक्रेनलाई ध्वस्त पार्ने चेतावनी दिइरहेका छन् । युक्रेनमाति जित हात पार्न नसकेको अवस्थामा रुसले फेरि युक्रेनमा आणविक हतियार प्रयोग गर्ने धम्की दिएको छ । यस अघि पनि रुसले आफ्नो देशको अस्तित्व जोगाउन यसक्रेनमाथि आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको थियो । रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेन युद्धमा रुसको अस्तित्व खतरामा परेमा रुस आणविक युद्धबाट पछि नहट्ने चेतावनी दिएका छन् ।

दिमित्री राष्ट्रपति पुटिनका विश्वासपात्र हुन् । त्यसैले विश्वका नेताहरुले दिमित्रीले बोलेका कुरा नै पुटिनका भनाई हुन् भनेर बुझेका छन् ।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार विश्व जगत पनि पुटिनले आणविक हतियार प्रयोग गर्ने हुनकि भन्ने चिन्तामा छ । किनकि आणविक युद्ध निकै भयाबह हुनेछ,त्यसले झन् मानबीय र भौतिक क्षति हुनेछ ।

रुसले युक्रेनमाथि आक्रमण गरेयता ४० लाख युक्रेनी देश छोडेर छिमेकी मुलुकमा शरण लिन पुगेका छन् । रुसले रकेट र बम आक्रमणबाट युक्रेनका सबै पूर्वाधारहरु ध्वस्त बनाइदिएको छ । युक्रेनी नागरिकको पीडा निकै ह्दयविदारक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया