समाजको अवस्था बदल्न स्थानिय निर्वाचन माओवादीले जित्नुपर्छ : शर्केस घलान

पालिका डायरी
१५ चैत्र २०७८, २०:५२
समाजको अवस्था बदल्न स्थानिय निर्वाचन माओवादीले जित्नुपर्छ : शर्केस घलान

हेटाैंडा / नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य शर्केस घलानले माओवादी केन्द्रको संघर्षले देशमा व्यवस्था बदल्न सफल भएको बताउनु भयो ।  योङ कम्युनिस्ट लिग नेपाल मकवानपुर बागमती गाउँपालिकाको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै घलानले अब समाजको अवस्था बदल्न स्थानीय निर्वाचन माओवादीले जित्नुपर्ने बताउनु भयो । माओवादीले जहाँ–जहाँ स्थानीय निर्वाचनमा विजयी भएको छ त्यहाँ–त्यहाँ केही न केही परिवर्तन भएको, जनताले विकासको महशुस हुनेगरी काम भएको उहाँले बताउनु भयो ।  माओवादीले जिते देशले जित्ने, जनताले जित्ने उहाँले दावी गर्नुभयो ।

वाइसीएल नेपाल बागमती गाउँपालिका अध्यक्ष मुक्ति लामाको सभाध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य सुनिता खड्का, बागमती प्रदेश परिषद् सदस्य कमान सिं पाख्रिन(पृथक), ज्ञान सागर भोलन, वाइसीएल बागमती प्रदेश सह–संयोजक सुमन पाख्रिन, जिल्ला समन्वय सदस्य हस्त बहादुर थिङ, किरण माझी, संघर्ष पाख्रिन, बागमती गाउँपालिका सचिव रहरमान थिङ, कोषाध्यक्ष कर्शाङ सिं पाख्रिन लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया