एमाले मकवानपुरले शुरु गर्यो चुनावी प्रशिक्षण

पालिका डायरी
१५ चैत्र २०७८, २०:३१
एमाले मकवानपुरले शुरु गर्यो चुनावी प्रशिक्षण

हेटाैंडा / नेकपा एमाले मकवानपुरको चुनाव लक्षीत प्रशिक्षण कार्यक्रम अन्र्तगत मकवानपुर जिल्लावाट केन्द्रिय कमिटिमा रहेका केन्द्रिय सदस्य, बागमति प्रदेश कमिटि, र जिल्ला सचिवालय सदस्यहरुलाई निर्वाचनका सम्बन्धमा केन्द्रित रहेर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

एमाले केन्द्रिय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज रामेश्वर राना, सह ईन्चार्ज कृष्ण प्रसाद दहाल, एमाले केन्द्रिय निर्वाचन आयोग सदस्य अनन्त पौडेल, एमाले बामति प्रदेश सचिब विजय सुबेदी, समेतले समसामयीक राजनैतिक अवस्था र पार्टीले निर्वाचनमा खेल्नु पर्ने भुमिकाका वारेमा प्रशिक्षण प्रदान गर्नु भएको कार्यक्रममा मकवानपुर जिल्ला सचिवालय सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख ध्रुबप्रसाद चौलागाईले निर्वाचन सम्बन्धि कानूनी व्यवस्थाको वारेमा प्रष्ट पार्नु भएको थियो ।

एमाले केन्द्रिय सदस्यहरु जुनेली श्रेष्ठ, भारती पाठक, बागमति प्रदेश कमिटी सह–सचिब महेश बर्ताैला, बागमति प्रदेश सदस्य रघुनाथ खुलाल, रामचन्द्र राई, बलराम बल, दिल बहादुर घिसिङ्ग, समेतको उपस्थिती रहेको कार्यक्रमको सभापतीत्व जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले गर्नु भएको थियो भने वाहाले पार्टीका भावी कार्यक्रम र कार्ययोजनाको वारेमा समेत प्रष्ट पार्नु भएको थियो । उक्त कार्यक्रमको संचालनजिल्ला सचिब नबिन सिग्देलले गर्नु भएको थियो ।

साथै एमाले मकवानपुरको फाल्गुण २५ गतेको बैठकले १० ओटै पालिकाहरुमा एकै दिन चैत्र १८ गते हेटौंडामा जिल्ला कमिटी सदस्य, पालिका कमिटि सदस्य, जन संगठनको केन्द्रिय सदस्य, प्रदेश र जिल्ला सचिवालय सदस्यरु साथै गाउपालिकाहरुको चैत्र १८ गते एकैदिन प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको, निर्वाचन प्रचार प्रसारका लागि १०२ वटै वडा र पालिकाहरुमा कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

त्यसै गरी स्थानिय तहको निर्वाचनका लागि उम्मेदवारी सफिारिसका लागि १०२ वटै वडा तहका लागि चैत्र २३ र २४ गते सकेसम्म सर्बसम्मत र नसकेमा सम्बन्धित पदको लागि १ जना महिला सहित अन्य दुईजना र पालिका कमिटीको लागी चैत्र २५ गते सम्बन्धित कमिटले १ जना महिला सहित अन्य दुईजना को नाम बैठकबाट निर्णय गरि जिल्ला कमिटिमा सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया