काठमाण्डौको वायु गुणस्तर अस्वस्थकर : मर्निङ वाकमा ननिस्कन आग्रह
काठमाण्डौमा हावाको गुणस्तर अस्वस्थकर रहेको छ । आज काठमाण्डौको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १ सय ६१ रहेको छ । हिजो दिउँसो काठमाण्डौको एक्यूआई १ सय ६७ रहेको थियो । सामान्यतया ० देखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ ।
एक सय ५० भन्दा माथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ । काठमाण्डौको आकाश आज पनि धुम्मिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै देखिएको छ ।
अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ । सबै उमेरसमूहका मानिसको स्वास्थ्यमा जोखिम बढेको र विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई थप जोखिम हुने भएकाले सतर्कता अपनाउन वातावरण विभागले आग्रह गरेको छ ।
प्रतिक्रिया