भीमफेदी गाउँपालिकामा राष्ट्रिय युवा संघको प्रथम गाउँ अधिबेशन सम्पन्न अध्यक्षमा सिलवाल

पालिका डायरी
१३ चैत्र २०७८, १३:२०

हेटाैंडा /  मकवानपुरको भीमफेदी गाउँपालिकामा राष्ट्रिय युवा संघको प्रथम गाउँ अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले बादल सिलवालको अध्यक्षतामा ४१ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल भीमफेदिको गठन गरिएको छ ।

टासी लामाको अध्यक्षतामा १७ सदस्यीय रिटर्नी फेडेरेसन नेपाल भीमफेदी गाउँपालिका कमिटी गठन भएको छ । राष्ट्रिय युवा संघ नेपाल भीमफेदि गाउँपालिका कमिटिको प्रथम अधिवेशन मा स्वागत मन्तब्य राख्दै सागर पाण्डले युवाहरु अबको निर्वाचनमा होमिनु पर्ने तथा निर्वाचन जिताउन युवाहरूको अहम भुमिका हुने बताए ।

त्यस्तै शुभकामना मन्तव्य राख्दै बिद्यार्थी नेता आशिष अस्लामी मगरले युवाहरू भनेको नेकपा एमालेको मेरुदण्ड नै भएको बताए । त्यस्तै एमाले भीमफेदी गाउँपालिका अध्यक्ष सानू थापा मगर स्थानीय निर्वाचन नजिकै आइसकेको हुदाँ पार्टी कमिटी सङ्गै गाउँपालिकाको सबै जन सङ्गठनहरु हिड्नको लागि आवहान गरे । थापाले हामी नेकपा एमाले उग्र भएर हैन संयम् र धैर्य भएर जनताको माझमा जान पनि आग्रह गरे निर्वाचित जनप्रतिनिधिले भीमफेदीले गएको पाँच बर्षमा जनताले सोचे भन्दा बढी काम गरेको बताए । पार्टीले जसलाई टिकट दिएपनि जनतासङ्ग गएर सात सुर्य सात छाप भनेर जनता सामु जान थापाले आग्रह समेत गरे ।

कार्यक्रमा भीमफेदी गाँउपालिकाकी उपाध्यक्ष पार्बती रानाले युवाहरूले एउटा राम्रो सन्देश बोकेर गाउँ जान आग्रह गरिन् । रानाले बिरोध खतिवडातर्फ संज्ञा गर्दै भनिन्, “हामिले काम गरेको छैन भन्नेलाइ हामिले गरेको सबै काम देखाइदिन पनि युवाहरुलाइ अग्रह गरिन् ।

रिटर्नी फेडेरेसन नेपाल मकवानपुरका जिल्ला अध्यक्ष रमेश घोरासैनीले रिटर्नी फेडेरेसन हाम्रो पाटी नेकपा एमालेको कान्छो सङ्गठन भएकोले सबैले बुझेर आ आफ्नो ठाउँबाट लाग्न अनुरोध गरे । रिटर्नी फेडेरेसन नेपालको केन्द्रीय सदस्य तथा भिमफेदी गाउँपालिका वडा नमर ५ को वडा अध्यक्ष जाहार सिङ्ग लामाले रिटर्नी फेडेरेसन नेपाललाइ पनि आज बन्ने पहिलो भीमफेदी गाउँपालिका कमिटीले आउने स्थानीय तहको चुनाबलाइ साथ र सहयोग गर्न अनुरोध गरे रास्टिय युवा संघ केन्द्रिय कमिटी सदस्य मिलन पाठकले विशाल पार्टी भनेको नेकपा एमाले पार्टी मात्र भएको बताए । “यो कुरामा दुई मत छैन हामी युवाहरु फेरि सुर्यमा भोट हालेर तिनै तहको सरकार चलाउन आतुर छौ” पाठकले भने ।उत्पीडित र सोसणमा पेरेकाहरुको लागि सहयोग गर्ने एक मात्र पार्टी एमाले भएकोले फेरि पनि यो चुनाबमा नेकपा एमालेले अत्याधिक बहुमतका साथ चुनाब जित्नेमा दुईमत नभएको दाबी गरे ।

राष्ट्रिय युवा सघ नेपाल केन्द्रिय सदस्य दिलु घर्तीले राष्ट्रिय युवा संघ नेपाल बिना बर्दिको सिपाही भएको बताइन । त्यस्तै राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य आरती पाठकले एमाले सङ्ग टुक्रिएर गएको पार्टी त्यो पार्टी नभएर एउटा उपभोक्ता सङ्गठन भएको बताइन् ।

 

त्यस्तै नेकपा एमाले जिल्ला कमिटी उप सचीव तथा भीमफेदि गाउँपालिका अध्यक्ष हिदम लामाले राष्ट्रिय युवा संघ र रिटेनी फेडेरेसन यी सङ्गठन के हो भनेर तपाईं युवाहरुले बुझ्न जरुरी भएको लामाले बताए । उनले भनेः स्वास्थ मन्त्री सम्म रहेका मान्छेले हामी केटा केटि हो भने तपाईं नाङ्गे हो तपाईं नाङ्गेले हामीलाई केटा केटि भन्न सुहाउँदैन हामीले भीमफेदिमा धेरै विकास गरेका छांै । कार्यक्रममा युवासघंका केन्द्रीय प्रतिनिधि जिल्ला प्रतिनिधि लगाएत भीमफेदी गाउपालिकाको ९ वटै वडाको १ सय ५० भन्दा बढी प्रतिनिधि मुलक उपस्थित रहेको थियो । कार्यक्रम युवा संघ जिल्ला कमिटिका सदस्य अनिल अधिकारिले संञ्चालन गरेका थिए ।

प्रतिक्रिया