८ वटा पोलमा मैले राजनीति गर्नु पर्ने कुनै कारण र लोभ छैन : वडाध्यक्ष महर्जन

पालिका डायरी
१३ चैत्र २०७८, १२:१८
८ वटा पोलमा मैले राजनीति गर्नु पर्ने कुनै कारण र लोभ छैन : वडाध्यक्ष महर्जन

मकवानपुरको इन्द्रसरोवरमा पार्टीको झण्डा राखेर राजनीतिक लाभका लागि विजुलीको पोल बाडिएको भन्ने आरोप निराधार वडाध्यक्षले स्पष्ट पारेका छन् ।

ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजुमान महर्जनको उपस्थितिमा नेकपा एमालेको झण्डा राखि पोल वितरण गरेको भन्दै नेपाली काङ्ग्रेस इन्द्रसरोवर सभापति विश्व लाल लामाले बिरोध गरेका थिए ।

‘छापखोरियाका लागि काठको पोलको ठाउँमा फेर्न मेरै पहलमा प्राधिकरणबाट ८ वटा पोल ल्याएको हुँ, वडा कार्यालयबाट सम्बन्धित टोल बासीहरुलाई पोलको जिम्मा लगाएर पठाएको हुँ । यसमा कुनै राजनीति गर्नु पर्ने आवश्यकता छैन । पाँच वर्ष मात्र होइन तीसौ वर्षदेखि जनताका लागि लड्दै आएको कुरा जनताले देखेका छन् । यो ८ वटा पोलमा मैले राजनीति गर्नु पर्ने कुनै कारण र लोभ छैन ।’

पोल राखिएको ठाउँमा एमालेको चुनाव चिन्ह भएको झण्डा किन गाडिएको त भन्ने प्रश्न्नमा महर्जनले भने, ‘अघिल्लो दिन एमालेको टोल कमिटी गठन कार्यक्रम त्यही चौरमा गरेका रहेछन्, कार्यक्रमका क्रममा सो झण्डाको प्रयोग गरेछन्, त्यसैलाई आधार बनाएर चुनावी मसला मात्र बनाएका हुन् । तर मैले राजनीति गर्यो भन्ने आरोप निराधार छ ।’ नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पालुङले पनि पोल अडाध्यक्ष महर्जनकै जिम्मामा पठाएको हुँदा थप कुरा जानकारी नभएको बताएको छ ।

उता, जनप्रतिनिधि सबैको साझा हुनुपर्नेमा पार्टी लक्षित चुनावी गतिविधिका लागि प्रयोग हुनु र राज्यको सम्पत्तिलाई पार्टीको जसरी वितरण गरिएको भन्दै स्थानीय प्रशासनले यसबारे चासो दिनुपर्ने भन्दै काङ्ग्रेस कार्यकर्ताहरुले बिरोध गरेका छन् ।

८ वटा पोलमा मैले राजनीति गर्नु पर्ने कुनै कारण र लोभ छैन : वडाध्यक्ष महर्जन

प्रतिक्रिया