मकवानपुरमा ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु

पालिका डायरी
१० चैत्र २०७८, ०९:५४
accident

 हेटौंडा / हेटौंडा उपमहानगरपालिका १९ बस्तिपुरमा बिहीबार बिहान २ बजे ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ ।

हेटौंडाको भुन्द्रुङबाट बस्तिपुर तर्फ आउँदै गरेको ना ६ त १८४५ नम्बरको ट्याक्टर स्थानीय राप्तिखोलाको पुल क्रस गर्ने क्रममा अचानक काठको पुल भाँचिएर ट्याक्टर खोलामा खस्दा चालक राक्सिराङ गाँउपालिका–८ का २८ वर्षीय सागर स्याङतानको च्यापिएर मृत्यु भएको हो ।

ट्याक्टरमा सवार स्थानीय १६ वर्षीय बिशाल बल भने सकुशल रहेको इलाका प्रहरी कार्यालय ज्यामिरेले जानकारी दिएको छ ।

प्रतिक्रिया