लागुऔषध गाँजासहित चारजना पक्राउ

पालिका डायरी
९ चैत्र २०७८, १६:२३
मनहरीबाट

हेटाैंडा / मनहरीबाट ४२ किलो लागुऔषध गाँजासहित चारजना पक्राउ परेका छन् ।

गएराती मनहरीबाट चितवन तर्फ हिँडेको ना ६ ख ४४०९ नम्बरको ट्रक चेकजाँच गर्दा चालक बस्ने सिट पछाडी लुकाई छिपाई ल्याएको अवस्थामा लागुऔषध गाँजा ४२ किलो फेला परेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरिक्षक प्रकाश थापाको कमाण्डमा खटिएको टोलिले मनहरी गाउँपालिका ६ स्थित पूर्व पश्चि म लोकमार्ग सडक खण्डबाट गाँजासहित ट्रक र ट्रकमा सवार ४ जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्बर ६ बस्ने बर्ष का ३१ वर्षिय ईश्वहर पाठक, सहचालक हेटौँडा उपमहानगरपालिका ११ का २२ वर्षिय सागर थिङ, ट्रकमा सवार नवलपरासी रामग्राम नगरपालिका १२ का ६० वर्षिय राजेश प्रसाद रौनियार र सोहि ठाउँका ४० वर्षिय रेश्मा भर रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया