मकवानपुर एमालेकाे अभियान जनताको घरघरमा एमाले मनमनमा एमाले
हेटाैंडा / नेपाल कम्युनिस्ट पार्टी एमाले मकवानपुरले स्थानीय तहको चुनाब नजिकिय सङ्गै जनताको घरघरमा एमाले मनमनमा एमाले अभियान थालेको छ । सरकारले अगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेपछि अभियान थालिएको हो ।
एमाले मकवानपुर जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले जिल्ला कमिटी प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम आयोजना गरी चुनावको तयारीमा जुटिसकेको बताए । अध्यक्ष श्रेष्ठले अहिले जनतासँग भेटघाट कार्यक्रमलाई तिव्रता दिनुका साथै जनतासमक्ष पार्टीको धारणा राख्ने कार्य गरिरहेको उल्लेख गरे ।
नेपालको सबै शक्त्ती मिलेर एमालेलाई एक्ल्याउने प्रयास भैरहेको बेला एमाले, मकवानपुरले चुनावलाई लक्षित गरेर यस्तो अभियान शुरु गरेको हो । ‘एमालेले राष्ट्रियता सम्बन्धी लिएको अडान, एस्का नीतिका बारेमा घरघरमै गएर जनतालाई अवगत गराउने जनाईएको छ । स्थानीय तहमा विगतमा जितेका ठाउँमा घोषणा गरेका कामहरु पुरा गर्न सक्यौं र के काम पुरा गर्न बाँकी रहेको सबै समिक्षा गरेर जनतासामु पुग्ने काम भइरहेको अध्यक्ष श्रेष्ठले बताए