मनहरीकाे रुपाचुरीमा हावाहुरीको कारण रुखको हाँगाले लागेर ४८ वर्षिय घलानकाे मृत्यु

हेटौंडा /मकवानपुरको मनहरी-६ रुपाचुरीमा हावाहुरीको कारण रुखको हाँगाले लागेर एक जना पैदल हिँडिरहेको एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४८ वर्षिय बुद्धि बहादुर घलान रहेका छन् । चिलाउनेटार सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्र भित्रबाट कटान मुछान गरेर घर फर्कने क्रममा हावाहुरीको कारण रुखको हाँगाले लागेर घलानको मृत्यु भएको हो ।
घटनास्थल इलाका प्रहरी कार्यालय मनहरीबाट २ घण्टाको दुरीमा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया