समाजवादिलाई काँग्रेसको आरोप चरित्र हत्या गर्न खोजियो : श्रेष्ठ विज्ञप्ती सहित

पालिका डायरी
८ चैत्र २०७८, १४:१४

हेटौंडा / नेपाली काँग्रेस भीमफेदी गाउँपालिकाले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादिले आफ्ना कार्यकर्ताको चरीत्र हत्या गर्न खोजेको आरोप लगाएको छ ।

नेपाली काँग्रेसबाट भीमफेदी गाउँपालिका वडा नं. १ बाट निर्वाचित वडा सदस्य प्रेम बहादुर नेगिलाई यही चैत्र ४ गते भीमफेदी गाउँपालिका १ नं. वडाको नयाँ गाउँमा सडक उपभोक्ता समिति निर्माणको लागि भनेर बोलाइ एकीकृत समाजबादिका केही कार्यकर्ताले फोटो खिची समाजिक संजाल फेसबुक मार्फत प्रचार गरेकोमा नेपाली काग्रेस भीमफेदी गाउँपालिकाले घोर आपत्ती जनाएको छ । नेपाली काँग्रेस भिमफेदीले आफ्ना इमान्दार कार्यकर्ताको चरित्र हत्या गरेको प्रती ध्यानाकर्षण गरेको छ ।

नेपाली काग्रेस भीमफेदी गाउँपालिकाको सभापती सन्जिब श्रेष्ठले एक प्रेस विज्ञप्ती जारी गरी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादिको भ्रमको पछि नलाग्न आग्रह गरेका छ्न । स्थानीय निर्वाचन नजिकिदै गर्दा गाउँ गाउँमा गएर जनतालाई भ्रम छर्ने काम एकीकृत समाजबादिका कार्यकर्ताले गर्न थालेको भन्दै एस्तो काम नगर्न एकीकृत समाजबादिका नेता कार्यकर्तालाई चेतावनी समेत दिएका छ्न ।


यसैगरी भीमफेदी गाउँपालिका वडा नं. १ का वडा सभापति सेर बहादुर स्याङ्तनले समाजबादिको भ्रमको पछि नलाग्न अनुरोध गरेका छ्न । एकीकृत समाजबादीमा प्रबेश गरेको भनेर भनिएका वडा सदस्य प्रेम बहादुर नेगिले पनि प्रेस बिज्ञप्ती निकाल्दै आफुलाई निर्माण उपभोक्ता समितीको बैठक भनेर बोलाई सुनिल गोलेले हात उठाउन लगाई फोटो खिची आफुलाई समाजबादिमा गएको जस्तो बनाइ समाजबादिको टोल कमिटी निर्माण गरिएको र आफुलाई समाजबादी प्रबेश गरेको जस्तो दिखेयको प्रती आपत्ती जनाउँदै सत्य नभएको भनी बिज्ञप्ती निकालेका छन् ।

प्रतिक्रिया