बागमती प्रदेशकाे प्रदेशसभा बैठक आज १ बजेबाट

पालिका डायरी
८ चैत्र २०७८, १३:०७
बागमती प्रदेशकाे प्रदेशसभा बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ । मंगलबार बस्ने बैठकमा फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश भएका तीन विधेयकमा छलफल हुनेछ । बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक स्वीकृत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । विधेयक सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बैठकमा स्वीकृतका लागि पेश गर्नुहुनेछ ।

हेटाैंडा / बागमती प्रदेशकाे प्रदेशसभा बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ ।

मंगलबार बस्ने बैठकमा फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश भएका तीन विधेयकमा छलफल हुनेछ । बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक स्वीकृत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

विधेयक सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बैठकमा स्वीकृतका लागि पेश गर्नुहुनेछ ।

प्रतिक्रिया