सगरमाथा क्षेत्रमा परेका फाेहर राख्ने ठाउँ

पालिका डायरी
८ चैत्र २०७८, ११:१६
सगरमाथा क्षेत्रमा चिटिक्क परेका फाेहर राख्ने ठाउँ

सगरमाथा क्षेत्रमा सरसफाइको काम गर्दै आएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले एक सयभन्दा धेरै ठाउँमा फाेहर जम्मा गर्ने ठाउँ बनाएको छ ।

सगरमाथा क्षेत्रको मुख्य बाटोमा फाेहर फ्याँक्नका लागि ठाउँ बनाएको एसपीसीसीका उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो । फाेहर थुपार्नको लागि घर जस्तै चिटिक्क परेका साना संरचनाहरु बनाइएको उहाँले बताउनुभयो ।

फाेहर थुपार्ने ठाउँमा कुहिने र नकुहिने फाेहर जम्मा गर्नको लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ । त्यहाँ जम्मा भएको फाेहर एसपीसीसीका कर्मचारीहरुले व्यवस्थापन गर्छन् ।

बाटोमा रहेका विश्रामस्थलहरु तथा बाटोमा दूरीका आधारमा फाेहर जम्मा गर्ने ठाउँ बनाइएको छ । यस्तै ठाउँठाउँमा पानीका धारा समेत बनाइएको शेर्पाले बताउनुभयो । पर्यटकीय सिजन सुरु भएसँगै सगरमाथा क्षेत्रमा चहलपहल बढेको छ ।

पर्यटकहरुले चकलेट, बिस्कुट लगायत खानेकुराका खोलसँगै पेय पदार्थका बट्टाहरु फ्याँक्ने गर्छन् । एसपीसीसीले यस्ता फाेहरलाई व्यवस्थापनका लागि बाटोमा फाेहर नफ्याँकी फाेहर थुपार्ने ठाउँमा फ्याँक्न आग्रह गर्दै आएको छ । सगरमाथाको आधारशिविर लगायतका सगरमाथा क्षेत्रमा जाने बाटो सफा बनाउनका लागि पहल भइरहेको शेर्पाले बताउनुभयो।

सगरमाथा क्षेत्रमा चिटिक्क परेका फाेहर राख्ने ठाउँ

प्रतिक्रिया