मकवानपुरमा १,३२२ जना म्यादी प्रहरी आवश्यक,दरखास्त दिनेको भिड

पालिका डायरी
६ चैत्र २०७८, १९:३८
मकवानपुरमा १,३२२ जना म्यादी प्रहरी आवश्यक,दरखास्त दिनेको भिड

हेटौंडा / आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन हुँदै छ । स्थानीय तहको निर्वाचनको लागि मकवानपुरमा  १ हजार ३ सय २२ जना म्यादी प्रहरीको आवश्यक पर्ने बताइएको छ । यसैअनुरुप आइतबार दर्खास्त दिन जिल्ला प्रहरी कार्यालय मकवानपुरमा भीड लागेको थियो ।

निर्वाचनमा खटाउनको लागि १ हजार ३ सय २२ जना म्यादी प्रहरी भर्ना गर्न आजबाट आवेदन खुला गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक निमित्त प्रवक्ता राज कुमार सापकोटाले जानकारी दिए । उनले आजबाट एक हप्तासम्म म्यादी प्रहरीको लागि आवेदन दिन सकिने बताए ।

म्यादी प्रहरीमा भर्ना हुन राजनीतिक दलमा सदस्य नरहेको र १८ देखि ५४ वर्ष उमेर पुगेकाले आवेदन दिन पाउनेछन् ।

१० वटा स्थानीय तह रहेको मकवानपुरमा १ सय २ वडा रहेको छ । स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा ३ सय ५९ वटा मतदानस्थल रहने बागमती प्रदेश निर्वाचन कार्यलय हेटौंडाले जनाएको छ ।

कार्यलयले आउँदो चैत १४ गतेसम्म निर्वाचनमा भाग लिन पाउने मतदाताको अन्तिम नामावलि सार्वजनिक हुने जनाएको छ । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा मकवानपुरको मतदाताको संख्या २ लाख २७ हजार ७ सय ५९ थियो ।

प्रतिक्रिया