हेटौंडामा इलेक्ट्रिक सवारिको माग बढ्दो

पालिका डायरी
६ चैत्र २०७८, ०८:३६
हेटौंडामा इलेक्ट्रिक सवारिको माग बढ्दो

हेटौंडा / देशमा लगातार इन्धनको मुल्य बढ्दै गएको छ ।

इन्धनको मुल्य आकाशियपछि पछिल्लो समय सर्वसाधारणको ध्यान कम खर्चमा कसरी सवारी चड्ने भन्ने तर्फ केन्द्रीत हुन थालेको छ । यसैअुरुप बागमती प्रदेशको राजधानी हेटौंडाका सडकहरुमा पछिल्लो समय बिद्युतीय सवारी साधनहरु देखिन थालेका छन् ।

क्लिन एण्ड ग्रिन सिटी हेटौंडालाई अझै सफा र सुन्दर राख्ने उदेश्यका साथ हेटौंडामा इलेक्ट्रिक स्कुटर सोरुम सञ्चालनमा आएको छ । हेटौंडा १ चौकीटोलमा रहेको बर्षा ई अटो मोबाइलमा लगभग १५ दिनको हाराहारीमा १२ वटा बिद्युतीय स्टकुटर बिक्री भएको सञ्चालक बासु भण्डारी बताउँछन् । फाल्गुन २२ गतेबाट सञ्चालनमा आएको उक्त बिद्युतीय स्कुटरको सोरुममा स्कुटरको बारेमा बुझ्न तथा खरिद गर्न आउनेको संख्या राम्रो रहेको भण्डारी बताउँछन् ।

बिद्युतीय सवारी प्रयोग गर्दाको फाइदा

हेटौंडामा इलेक्ट्रिक सवारिको माग बढ्दो

बिद्युतीय सवारी साधनले वातावरण प्रदुषणमा कमी ल्याउँछ । किनभने डिजल, पेट्रोलबाट चल्ने गाडीले वातावरणका लागि हानीकारक ग्यासको उत्सर्जन गर्नेगर्छ । यो ग्यास हाम्रो शरीरका लागि पनि खतरनाक हुन्छ । यी सवारीले वातावरण प्रदुषणका साथसाथै ध्वनी प्रदुषण पनि घटाउँछ । किन भने बिद्युतीय गाडी डिजल र पेट्रोलबाट चल्ने गाडीको तुलनामा कम आवाज दिन्छ।

बिद्युतीय सवारी साधन चलाउँदा पेट्रोलियम पदार्थको आवश्यक्ता नपर्ने भएकाले सवारी साधन चलाउनका लागि अन्य देशप्रतिको निर्भरता हट्छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको तुलनामा बिद्युतीय सवारी साधनमा मेन्टेनेन्सको खर्च कम लाग्छ ।

हेटौंडामा इलेक्ट्रिक सवारिको माग बढ्दो

प्रतिक्रिया