बस दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुल्याे

पालिका डायरी
४ चैत्र २०७८, १३:१०
मनहरीमा आफ्नै घरमा महिला मृत अवस्थामा फेला

हेटौंडा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवावानपुरको मनमहरी गाउँपालिका वडा नंबर ६ मा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुलेको छ ।

मृत्यु हुनेहरुमा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा नंबर ४ घर भएका २२ वर्षीय सुवास श्रेष्ठ रहेका छन् ।

यसैगरि,मृत्यु हुनेमा बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेको इलाका प्रहरी कार्यलय मनहरीका प्रहरी निरिक्षक प्रकाश थापाले खबरब्रेकलाई बताए । उनले बसमा कति यात्रु थिए भन्ने एकिन विवरण संकलन भईरहेको र दुर्घटनामा घाईते भएकाहरुलाई चितवन पठाईएको बताए ।

प्रतिक्रिया