आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

पालिका डायरी
४ चैत्र २०७८, ११:२५
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

आज सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ।

शुक्रबार सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपैयाँ कायम छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन पनि सुन प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो। यो बुधबारको तुलनामा भने पाँच सय रुपैयाँले बढेको हो।

त्यस्तै, शुक्रबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा करोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया