अक्षय कुमारले भने, ‘नमस्ते नेपाल’

पालिका डायरी
४ चैत्र २०७८, ०६:५५
अक्षय कुमारले भने, 'नमस्ते नेपाल'

बलिउड अभिनेता अक्षय कुमारले आउँदो शुक्रवारबाट प्रदर्शन आउने आफ्नो फिल्म ‘बच्चन पाण्डे’ हेरेर मनोरञ्जन लिन नेपाली दर्शकलाई अपील गरेका छन्।

अक्षयकुमार फ्यान्डम नेपाल नामक फेसबुक पेजबाट विहान सार्वजनिक भिडियो सन्देशमा अक्षयले आउँदो फिल्मले भरपुर मनोरञ्जन प्रदान गर्ने उल्लेख गरेका छन्।

भिडियोमा उनले भनेका छन्, ‘नमस्ते नेपाल। मेरो फिल्म ‘बच्चन पाण्डे’ १८ मार्च (भोलि) नेपालका हलहरूमा लाग्दैछ। मेरो यो फिल्मलाई तपाई आफू आफ्ना साथी तथा परिवारहरूसँग हेर्न आग्रह गर्दछु। यो फिल्म राम्रो बनेको छ। पूर्णरुपमा कमर्सियल छ। तपाईलाई भरपुर मनोरञ्जन दिनेछ। धन्यवाद नेपाल।’

फिल्ममा अक्षयका अलावा कृति सेनन, ज्याक्लिन फर्नान्डेज, अर्शद वार्सी, बबी देबल, रितेश देशमुखलगायत कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया