सभ्य तरिकाले होली खेल्न प्रशासन कार्यालय आग्रह

पालिका डायरी
३ चैत्र २०७८, ११:०१
मकवानपुरमा देउसीभैलो खेल्न ८ बजे सम्म डान्सबार, होटल, रेष्टुरेन्ट राती चलाउन छैन वन्देज

हेटाैंडा /  जिल्ला प्रशासन कार्यालय मकवानपुरले होली (फागुपूर्णिमा) लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ ।

सहायक जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरीत रङ्ग नदल्न आग्रह गरेका छन् ।
होली मनाउने नाममा रीतिरिवाज र परम्पराविपरीत उछृङ्खल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो ।

सूचनामा सर्वसाधारणलाई दुःख दिने, इच्छाविपरीत रङ्ग दल्ने, लोला तथा फोहर पदार्थले हान्ने, मादकपदार्थ सेवान गरेर अवाञ्छित क्रियाकलाप गरी शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न भनिएको छ । साथै कसैले अवाञ्छित एवं उछृङ्खल क्रियाकलाप गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ ।

 

प्रतिक्रिया