मौलिक पर्वले एकताको सुत्रमा बाँध्ने छ : बागमती प्रदेश प्रमुख शर्मा

पालिका डायरी
३ चैत्र २०७८, ०९:०१
नारी दिवसमा बागमती प्रदेश प्रमुख शर्माले दिए शुभकामना सन्देश

हेटाैंडा / बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले रंगहरुको पर्वका रुपमा उत्साह साथ मनाइने फागुपर्व (होली) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

पहाडी र हिमाली तथा भित्री मधेसका जिल्लाहरुमा आज (विहीबार) चैत ३ र तराईका जिल्लाहरुमा भोलि शुक्रबार चैत ४ मा मनाइदै गरिएको होलीको अवसरमा शुभकामना सन्देश प्रकाशित गर्दै शर्माले फागुजस्ता मौलिक पर्वहरुले हामीलाई एकताको सुत्रमा बाँधी राख्ने उल्लेख गरेका छन् ।

‘बहुजातीय, बहुभाषिक,बहुसांस्कृतिक, बहुधार्मिक, विविधतायुक्त हाम्रो देश यही विविधताभित्र एकता, सद्भाव र सहिष्णुताका लागि संसारको उत्कृष्ट नमूना बनेको छ । हामीले हाम्रा विशेषताप्रति गौरवबोध गर्न सक्नुपर्दछ । हाम्रा यी मौलिक पर्वह?ले हामीलाई एकताको सुत्रमा बाँधी राख्नेछन् ।’ शर्माले आफ्नो शुभकामना सन्देशमा भनेका छन् । यस्तै शुभकामना सन्देशमा हाम्रा अमूल्य मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्घनले मात्र हाम्रो राष्ट्रिय गौरवको धरोहर संरक्षित हुन सक्ने उल्लेख गरिएको छ ।

शर्माले प्रकृति बासन्ती चोलामा मौलिक रंगहरुले सजिने यो अवसरमा हामीहरु विविध रंगको पर्व मनाइरहेकाले यस पर्वलाई आपसीखुशी र सहमतीको पर्वका रुपमा स्वीकार गरी अनुशासित र मर्यादितभएर मनाउँन सबै उत्साहित हुनुपर्नेमा बताउँदै, प्रदेश प्रमुख शर्माले मानव जीवन रंगीन र उल्लासमय बनाउन होलीले सकोस् भन्ने शुभकामना दिएका छन् ।

 

प्रतिक्रिया