मनहरीमा आफ्नै घरमा महिला मृत अवस्थामा फेला

पालिका डायरी
१ चैत्र २०७८, १२:४३
मनहरीमा आफ्नै घरमा महिला मृत अवस्थामा फेला

 

हेटौंडा /  मकववानपुरको मनहरी गाउँपालिकामा एक महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् ।

गएराति वडा नंबर १ को गोगनपानीको ४३ वर्षीया टिका कुमारी भन्ने मिरा सुनार आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक तथा निमित्त प्रवक्ता राज कुमार सापकोटाले जानकारी दिए ।

उनका अनुसार घटनाको आवश्यक थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया