स्पोट्र्स युनियन नेपाल मकवानपुरको संयोजकमा नविन मिश्र

पालिका डायरी
१ चैत्र २०७८, ११:१८
स्पोट्र्स युनियन नेपाल मकवानपुरको संयोजकमा नविन मिश्र

हेटाैंडा /  स्पोट्र्स युनियन नेपाल मकवानपुरको संयोजकमा नविन मिश्र चयन हुनु भएको छ । आज भएको अन्र्तरकृया तथा भेलाले मिश्रको संयोजकत्वमा ११ सदस्यीय जिल्ला कमिटि गठन गरेको हो । स्पोट्र्स युनियन नेपालका केन्द्रीय संयोजक बागमती प्रदेश सभा सदस्य, तथा नेकपा एमाले केन्द्रीय सदस्य सीता लामाको प्रमुख आतिथ्यता र नेकपा एमाले मकवानपुरका सचिव नविन सिग्देलको विशिष्ट आतिथ्यतामा कमिटि गठन भएको हो । कमिटिको सदस्यहरुमा अमृत मिश्र,सन्ध्या आचार्य,आस्था ढुङगेल,सन्देश राई,छिरिङ लामा थिङ,अमृता मुक्तान,संजिव मिजार,सागर लामा,रमन झा, अमृत सुनार चयन भएका छन् ।

मदन भण्डारी स्पोटर्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरको अध्यक्ष राजाराम पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अथिति लामाले नवनिवार्चित कमिटिलाई बधाई ज्ञापन गर्दै खेल क्षेत्रमा अधिकार र रोजगारी व्यवस्था सहित आयआर्जनको पाटोमा यो कमिटीले गति लिनेमा विस्वस्त रहेको बताउनु भयो । मिश्रले खेलकुदलाई आयआर्जनको श्रोत र रोजगार शृजनामा यस समितिले उदाहरणीय भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा शिक्षक संघका केन्द्रीय अध्यक्ष रवीन पोख्रेल,केन्द्रीय सह—सचिव सचिन लामा, जिल्ला अध्यक्ष राजाराम पोख्रेल र स्पोट्र्स एकेडेमी मकवानपुर जिल्ला अध्यक्ष प्रकाश सुवेदी लगायतको आतिथ्यता रहेको थियो । खेलक्षेत्रमा आबद्ध रहेका श्रमिक वर्ग एवम मजदुर सबै क्षेत्रमा खेलाडीले खेल खेलेरै जीविकोपार्जन गर्र्ने र यो अधिकार सुनिश्चितता सहित खेलाडिलाई उचित ढंगले व्यवस्थापन गर्ने उदेश्य बोकेको यस संगठनले छिटै सम्मेलन आयोजना गर्ने जनाएको छ ।

प्रतिक्रिया