हेटाैंडामा एम्बुलेन्स र दुईवटा मोटरसाइकल ठोक्कियो

पालिका डायरी
३० फाल्गुन २०७८, १६:१५
हेटौंडा

हेटौंडा / हेटौंडा–१७, हटिया बाबुचोकमा सवारी दुर्घटना भएको छ । धरान–चतरा सडकखण्डअन्तर्गत हटियामा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुनुका साथै मोटरसाइकलको पछाडि रहेको एम्बुलेन्सले घाइते यात्रुलाई ठक्कर दिएको छ । सोमबार दिउँसो हेटौंडाबाट फुर्केचौरतर्फ जाँदै गरेको ना ६० प ५३९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ना.६३ प ७००६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

हेटौंडा बजारबाट फुर्केचौरतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२ झ ५०५६ नम्बरको एम्बुलेन्सले मोटरसाइकलमा सवार महिला र ती महिलाकी छोरीलाई ठक्कर दिएको हो ।

मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा घाइते भएका आमा छोरीलाई एम्बुलेन्सले समेत ठक्कर दिँदा गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ । मोटरसाइकलमा चालक सामान्य घाइते छन् भने एम्बुलेन्स चालक फरार रहेका छन् ।

प्रतिक्रिया
accident1647251773