भीमफेदीमा  पनि भेटियो बर्डफ्लु

पालिका डायरी
३० फाल्गुन २०७८, १६:०८
भीमफेदीमा  पनि भेटियो बर्डफ्लु

हेटाैंडा /  देशका विभिन्न जिल्लाहरुमा देखिदै आएको बर्डफ्लु मकवानपुरमा पनि देखिएको छ । भीमफेदी गाउँपालिका–२, आँपचौरमा टर्की कुखुरामा बर्डफ्लु देखिएको जिल्ला पशु सेवा कार्यालय मकवानपुरले जनाएको छ।

आपचौरमा किसानले पालेको कुखुरा मर्न थालेपछि ल्याब परीक्षण गर्दा बर्डफ्लु एच फाइब एन वान नामक भाइरस संक्रमण भएको पुष्टि भएको कार्यालयका प्रमुख डा. ब्रजकिशोर ठाकुरले बताए । उक्त स्थानका कुखुरा नष्ट गर्ने तयारी भईरहेको र संक्रमित क्षेत्र प्रशासनको नियन्त्रणमा रहेको जनाइएको छ।

प्रतिक्रिया