मकवानपुरमा १८० किलो गाँजा सहित ३ व्यक्ति पक्राउ
हेटाैंडा / मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित एउटा पिकअप भ्यान र तीनजनालाई पक्राउ गरेको छ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर–७ मा चैनपुरबाट हेटौडातर्फ आउदै गरेको बा ७ च १६०६ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको एक सय ८० किलो लागूऔषध गाँजा सहित पिकअप नियन्त्रणमा लिइएको छ ।
पक्राउ पर्नेमा पिकअप चालक हेटौडा उपमहानगरपालिका वडा नम्बर–१६ बस्ने २९ वर्षीय बुद्धीमान वाईबा, उक्त गाडीमा सवार सोही स्थानका २९ वर्षीय अर्जुन स्याङतान र ३० वर्षीय बिनोद पाख्रिन रहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताएका छन्।
पक्राउ परेका माथि थप आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।
प्रतिक्रिया