नेकपा एमालेको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टी

पालिका डायरी
२७ फाल्गुन २०७८, २१:०८
नेकपा एमालेको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टी

राम कुमार दानी

हेटौंडा / नेकपा एमाले मकवानपुरमा केहि दिन देखि नेकपा एमालेका युवा नेताहरुमा असन्तुष्टि बढेकोे छ । पार्टी नेतृत्वले आफूहरुलाई उचित जिम्मा नदिएको भन्दै असन्तुष्ट व्यक्त गर्दा विवाद चर्किएको हो । नेताहरुले उस्तै परे पार्टी छाड्न सक्ने सम्म अभिव्यक्ति सामाजिक सञ्जालमा लेखिरहेका छन् ।

नेकपा एमाले मकवानपुरको फाल्गुन २५ गते बुधबार बसेको पार्टी जिल्ला कमिटी बैठकले जिल्ला कमिटिको सदस्य मनोनित सचिवालय गठन र जिम्मेवारी बाँडफाँड गरिएको प्रति विवाद निस्किएको हो । बैठकले विभिन्न बिभाग जनबर्गिय सङ्गठनको इन्चार्जमा जिम्मेवारी दिएको विषयलाई लिएर बिवाद उत्पन्न भएको हो । उक्त विवाद अहिले चरम उत्कर्समा पुगेको छ ।

पार्टी जिल्ला कमिटीले गरेको निर्णय प्रति मकवानपुरका प्रभावशाली मानिएका चार जना नेताहरुले उस्तै परे पाटी छाड्ने सम्मको अभिव्यक्ति दिरहेका छन् । पार्टी सचिवालय सदस्य फुर्वा दोर्जे लामा, उत्तम शर्मा न्यौपाने ,सानू लामा र रमिला सापकोटाले आफ्नो सामाजिक सञ्जाल मार्फत पार्टी नेतृत्व प्रति आक्रोश पोखेका छन् ।

हेटौंडाका प्रभाबशाली मानिएका लामाले पार्टी जिल्ला कमिटीबाट बिदा लिने दिन आएको जस्तो छ भन्दै आफ्नो असन्तुष्टि राखेका छन् भने अर्का नेता उत्तम शर्मा न्यौपानेले लामो श्रृंखलाबाट बिदा हुने निर्णय गरे भनेका छन् । त्यस्तै अर्का मकवानपुरका युवाहरूका लोकप्रिय र पार्टीका लोकप्रिय युवा नेता पूर्व खेलकुद बिकास समितिका अध्यक्ष सानू लामाले भावुक हुँदै कसैलाइ दोष नलगाउने तर पार्टीको कुनैपनी गतिबिधिमा संलग्न नहुले धारणा लेखेका छन् ।

महिला आन्दोलन तथा नागरिक समाजको अगुवा मानव अधिकार क्षेत्रमा सकृय महिला नेतृ रमिला सापकोटाले आफूले राजजिति गर्न नजानेको र अब देखि कोशिस पनि नगर्ने बताउकि छिन् । सापकोटाले पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको पालामा नियुक्ती भएको प्रदेश सुशासन केन्द्रको सदस्य पदबाट पनि बिहीबार नै राजिनामा दिइसकेको बताउँछिन् ।

नेकपा एमाले जिल्ला कमिटिको बैठकले जिल्ला सदस्यहरुमा सन्तोष चौलागाईं ,सुबोध रिमाल, धन बहादुर लामा, सुधीर थापा, राजन दङगाल, बिस्णु चौलागाईं, सन्तोष पौडेल, सुरेन्द्र बिष्ट, नरेन्द्रलाल रिजाल, बखतलाल चेपाङ, सालिकराम ढकाल, रामचन्द्र न्यौपाने, विष्णु ढकाल, कुमार बहादुर केसि, सरिता परियार र बिमला बर्तौलालाई मनोनीत गरेको थियो ।

प्रतिक्रिया