राजनीतिमा अबकाे लडाइँ सत्य र असत्यकाे : केपी ओली

पालिका डायरी
२४ फाल्गुन २०७८, १६:०६
हुलाकी सडकप्रति एमाले अध्यक्ष ओलीको चासो file photo

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीचको भएको बताउनुभएको छ ।

आज मङ्गलवार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीचको भएको बताउनुभएको हो । उहाँले सत्य र असत्यको लडाइँ बेला–बेलामा हुने गरेको दृष्टान्त दिँदै आजको सत्य र असत्यको बीचको लडाइँ परमादेशी सरकार र जनादेशी सरकारबीचको लडाइँ भएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘समय–समयमा सत्य र असत्यको लडाइँ हुन्छ, कहिले रावण र रामका बीचमा हुन्छ । कहिले पाण्डव र कौरवका बीचमा हुन्छ । कहिले कृष्ण र कंशका रूपमा हुन्छ । अनेक रूपमा सत्य र असत्यका बीचमा लडाइँ हुन्छ । आजको सत्य र असत्यको बीचको लडाइँ परमादेशी र जनादेशीका बीचमा भएको लडाइँ हो । असत्यको प्रतीकको लडाइँ भनेको परमादेशी शक्तिहरू हुन् । जनादेशको पक्षमा रहेका, जनादेशमा जाने जनताको अभिमतबाट अघि बढ्न खोज्ने हामी जनताको पक्षमा लडिरहेका छौँ ।’

अध्यक्ष ओलीले राजनीतिक मैदानका सर्वश्रेष्ठ सिद्धान्तबाट नेकपा एमाले अघि बढ्ने पनि बताउनुभयो ।

प्रतिक्रिया