भीमफेदीमा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला

पालिका डायरी
२४ फाल्गुन २०७८, ११:३७
भीमफेदीमा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला

हेटौंडा । भीमफेदी गाउँपालिका वडा नंबर २ चुनियामा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

सोमबार जिल्लाको भीमफेदी गाउँपालिका वडा नंबर २ चुनियामा शव फेला प्रहरी बागमती प्रदेश प्रहरी कार्यालय,हेटौंडाले जनाएको छ ।

कार्यालय अनुसार शव हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ कर्रा स्थित बस्ने २५ वर्षीय सुमन स्याङतानको रहेको छ । भीमफेदीको चुनिया दुर्गाडाडाँ स्थित जोगी काठको रुखमा शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया