अनेरास्ववियु मकवानपुर महिला विभाग द्वारा स्टेसनरी सामाग्री वितर

पालिका डायरी
२३ फाल्गुन २०७८, २१:०८
अनेरास्ववियु मकवानपुर महिला विभाग द्वारा स्टेसनरी सामाग्री वितरण

हेटाैडा /  अनेरास्ववियु मकवानपुर महिला विभाग द्वारा स्टेसनरी सामाग्री वितरण गरीएको छ ।

नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियु मकवानपुर महिला विभागले १ सय १२ औ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा मनहरी गाँउपालिका वडा नं २ स्थित सीता माध्यमिक विद्यालयका विद्यार्थीहरुलाइ स्टेशनरी सामाग्री वितरण गरेको हो । स्टेशनरी सामग्री वितरण कार्यक्रमको अध्यक्षता अनेरास्ववियु मकवानपुर महिला विभाग प्रमुख स्वेच्छा दंगालले गरेकी हुन ।

कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियु जिल्ला उपाध्यक्ष अमृत बर्तौलाको रहेको थियो । त्यसैगरी अनेरास्ववियु मकवानपुरका सचिब पुष्कर तिमल्सिना सहसचिब प्रमोद फुयाल र दिनेश हुमागाइ तथा सचिवालय सदस्यहरु र विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो । बिधयालयलाई केही सहयोग पुगोस भन्ने उर्देश्य राखी स्टेसनरी सामाग्री वितरण गरेको अध्यक्ष दगांलले बताउनु भयो ।

प्रतिक्रिया