मकवानपुर अधिकृत बिक्रेता संघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न

पालिका डायरी
२० फाल्गुन २०७८, १८:००
मकवानपुर अधिकृत बिक्रेता संघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न

 

हेटौंडा / मकवानपुर अधिकृत बिक्रेता संघको नयाँ पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

बिहिबार कार्यक्रमको आयोजना गर्दै पवन अग्रवालको नेतृत्वमा चयन भएका पदाधिकारीहरुको पदस्थापन गरिएको हो । मकवानपुर अधिकृत बिक्रेता व्यवसायी संघको यहि फागुन १३ र १४ गते भएको अधिवेशनले अग्रवालको नेतृत्वमा ११ जना नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो ।

अध्यक्षमा पवन अग्रवाल, उपाध्यक्षमा अमितकुमार श्रेष्ठ, महसचिव राजेन्द्र लामिछाने, कोषाध्यक्ष सुर्दशन पाठक, सचिव अंकित खतिवडा, सदस्य दिपेशमणी भण्डारी, राजेश्वर श्रेष्ठ (राजु), निरोजकुमार श्रेष्ठ, पंकज बानियाँ, महिला सदस्य आरक्षण कोटामा पुजा अग्रवाल सर्वसम्मत चयन भएका हुन् । पदस्थापन कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाको अध्यक्षतामा भएको हो । कार्यक्रममा हेटौंडाका अधिकृत बिक्रेता व्यवसायी लगायत अन्य व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया