चितवनमा कांग्रेसकाे जिल्ला अधिवेशनमा मतदान हुँदै

पालिका डायरी
२० फाल्गुन २०७८, १०:१९
चितवनमा कांग्रेसकाे जिल्ला अधिवेशनमा मतदान हुँदै

चितवन /  बिहिबारदेखि सुरु भएको नेपाली कांग्रेस चितवनको अधिवेशनमा आज शुक्रबार मतदान हुँदैछ ।

१४ औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयन गर्न अहिले विहानदेखि मतदानको कार्य सुरु हुँन लागेको हो । जिल्ला निर्वाचन समिति संयोजक अधिवक्ता ज्ञानेन्द्र प्रसाद अधिकारीका अनुसार एक जना सभापतिका लागि पाँच जनाले उमेदवारी दिएका छन् ।

पार्टीको संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा निकटका मिलनबाबु श्रेष्ठ र संस्थापनइतर पक्षबाट चार जनाको उम्मेदवारी दर्ता भएको हो ।

संस्थापन इतरबाट डा.सूर्यकान्त घिमिरे, राजेश्वर खनाल, उत्तम जोशी र कैलाश कोइरालाले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया