सर्वोच्च अदालतको संवैधानिक इजलास आज बस्दै

पालिका डायरी
२० फाल्गुन २०७८, १०:१७
सर्वोच्च अदालतका न्यायाधीश र मुख्य रजिष्ट्रारसहित दुई दर्जनमा कोरोना संक्रमण

काठमाडौं / सर्वोच्च अदालतको संवैधानिक इजलास आज शुक्रबार बस्ने भएकोछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि न्यायिक बिचलनको आरोप लगाउँदै सर्वोच्च अदालतका न्यायाधीशहरुले उहाँले तोकेको पेसी बहिस्कार गरेपछि बस्न नसकेको संवैधानिक इजलास ४ महिनापछि बस्न लागेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार आज शुक्रबारदेखि संवैधानिक इजलासमा पेसी तोकिने र सुनुवाइ हुनेछ । दीपककुमार कार्कीले कामु-प्रधानन्यायाधीशको जिम्मेवारी पाएपछि पहिलोपटक संवैधानिक इजलासको नेतृत्व गर्न लाग्नुभएको हो ।

कामु-प्रधानन्यायाधीश कार्कीले संवैधानिक इजलासमा पेसी तोक्न मुद्दा फाँटमा निर्देशन दिएसँगै संवैधानिक प्रश्नसँग जोडिएका ४ सयभन्दा धेरै मुद्दा सुनुवाइमा जानेछन् । क्यासिनोको रोयल्टी विवाददेखि सभामुख अग्नि सापकोटाको मुद्दासमेत अलपत्र छन् ।

संघीय र प्रदेश, प्रदेश र प्रदेश तथा प्रदेश र स्थानीय तहबीच अधिकारको विषयमा र संवैधानिक व्याख्याको विषयमा फैसला गर्न संवैधानिक इजलास गठन भएकोथियो ।

प्रतिक्रिया