चोरी गरेको मोटरसाइकल सहित दुई जनालाई पक्राउ

पालिका डायरी
१८ फाल्गुन २०७८, १९:४७

 हेटौंडा/ मकवानपुरको हेटौंडाबाट चोरी गरेको मोटरसाइकलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नमुनाचोकस्थित डेरा गरी बस्ने २३ वर्षीय बिशाल विश्वकर्मा र हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० घर भई हाल मनहरी गाउँपालिका–८ सिमपानी स्थित अटो ग्यारेज संचालन गरी बस्ने २२ वर्षीय रवि साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार, गत फागुन १२ गते मनहरी–८ बस्ने २८ वर्षीय राजकुमार लोप्चनको आफ्नो घर अगाडी पार्किङ गरी राखेको ना. ६२ प ९६४२ नं. को २२० सिसिको पल्सर मोटरसाइकल चारी भएको भनि परेको निवेदनको आधारमा खोजतलास गर्दा मंगलबार अपराह्न हेटौंडा–११ बस्ने विश्वकर्माले आफ्नो कोठामा लुकाईछिपाइ राखेको अवस्थामा फेला परेपछि उक्त मोटरसाइकल चोरीमा दुबै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत मकजानपुरबाट १४ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।

 

प्रतिक्रिया