माइतीघरमा कांग्रेस वीपीको १२ बुँदे व्याख्यात्मक टिप्पणी कार्यक्रम– ‘एमसीसी सरासर धोका हो’

पालिका डायरी
१८ फाल्गुन २०७८, १६:२८
माइतीघरमा कांग्रेस वीपीको १२ बुँदे व्याख्यात्मक टिप्पणी कार्यक्रम– ‘एमसीसी सरासर धोका हो’

काठमाडौं / नेपाली कांग्रेस (वी.पी)ले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई सरासर धोका भएको निष्कर्ष निकालेको छ ।

बुधबार काठमाडौंको माइतीघर मण्डला परिसरमा एक कार्यक्रमको आयोजना गदै पार्टीले एमसीसी धोका भएको जनाएको हो ।नेपाली जनता सुतेको मौका छोपेर एमसीसी पास गरिएको पार्टीको तर्क छ । जनतालाई झुटो आश्वासन दिएर संसदमा रहेका दलहरूले एमसीसी अनुमोदन गरेको भन्दै पार्टीले घोर भर्त्सना गरेको हो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य प्रशान्त विक्रमसिं झाले एमसीसीलाई मनी कलेक्टिङ्ग क्याम्पेन अर्थात भ्रष्टाचारको अर्को एउटा फर्मूला भएको बताउनुभयो । एमसीसी र नेपाल सरकारबीचको सहकार्य देशका लागि घातक हुने उहाँको भनाइ छ ।

कार्यक्रममा पार्टी सभापति शुशीलमान शेरचन, केन्द्रीय सदस्यहरू प्रधुम्न कार्की, श्याम गुरुङ्ग, रमन पुरी, प्रशान्तविक्रम सिंह झा, विकास पाण्डे सहभागी थिए ।

प्रतिक्रिया