मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

पालिका डायरी
१८ फाल्गुन २०७८, ०९:४५
accident

काठमाडौं / काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

बा६४प १३९६ नम्बरको मोटरसाइकलले गए राति करिब साढे ९ बजे पैदलयात्रीलाई ठक्कर दिएर नियन्त्रण गुमाई सडकछेउको घरको भित्तामा गएर ठोक्किएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक ओखलढुंगा घर भई आरुबारी बस्दै आएका अन्दाजी २८ वर्षीय शिवराज कार्की र पैदलयात्री कपन बस्ने ओखलढुंगाकै हर्कपुरका ६१ वर्षीय दुर्गाबहादुर कार्कीको मृत्यु भएको जनाइएको छ ।

मोटरसाइकल चालकको उपचारका क्रममा चाबेलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा र पैदलयात्रीको ओम अस्पतालमा राति नै मृत्यु भएको जनाइएको छ । कपनको भृकुटीचोकबाट गोपीकृष्णतर्फ आउँदै गरेको उक्त मोटरसाइकल दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया