ओलीको आक्रोश : गठबन्धन सरकार अवैध सम्बन्धपछि झाडीमा जन्मिएको हो

पालिका डायरी
१७ फाल्गुन २०७८, १४:५४
ओलीको आक्रोश : गठबन्धन सरकार अवैध सम्बन्धपछि झाडीमा जन्मिएको हो file photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनप्रति आक्रोश पोखेका छन्।

अमेरिकी सहायता परियोजना सम्झौता एमसीसी संसदबाट पास भएको दुई दिनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा ‌ओलीले आक्रोश पोखेका हुन्।

‘यो अवैध सम्बन्धबाट बनेको गठबन्धन सरकार हो, यो झाडीमा जन्मिएको छ। अवैध सम्बन्धबाट जन्मिएकाले तत्काल विघटन हुनुपर्छ’, उनले भने, ‘यो सरकार ढल्नुपर्छ। यो गठबन्धन रहनु हुँदैन, एमाले यसबारे प्रष्ट छ। यो असंवैधानिक गैरकानुनी रुपमा बनेको परमादेशी हो, यो आजको जनादेशी होइन। यो विघटन भएर चुनावमा जानुपर्छ।’

यो सरकार बन्नै नदिन आफूले कोसिस गरे पनि सफल नभएको बताए। ‘यो सकरार बन्नै हुँदैन थियो, यो लोकतन्त्र र देशका लागि दुर्भाग्य हो’, उनले भने, ‘हामीले कांग्रेससँग वार्ता गरेका थियौँ। तर हामी यो सरकार, सभामुख र १४ सांसदबारे अहिले पनि पुरानै अडानमा यथावत छौँ।’

प्रतिक्रिया