सरकारले बढाएको दुधको मूल्य किसानले पाएनन्, विचौलीयाको मनपरी

पालिका डायरी
१७ फाल्गुन २०७८, ११:१७
सरकारले बढाएको दुधको मूल्य किसानले पाएनन्, विचौलीयाको मनपरी

सरकारी स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले हालै दूधको मूल्य बढाएपछि रौतहटको चन्द्रनिगाहपुर बजारमा उपभोक्ताको मूल्य आकासिएको छ । मन्त्रिपरिषद्को निणर्यबाट दुधको मूल्य बढे लगत्तै निजी दुग्ध व्यवसायीले आफूखुसी मूल्य बढाएपछि स्थानीय उपभोक्ताहरु मारमा परेका छन् । सरकारले किसानको नाममा दूधको मूल्य बढाउँदा त्यसको असर आम उपभोक्तालाई पर्न गएको हो । चन्द्रनिगाहपुरका निजि डेरि व्यवसायीले फरक–फरक मूल्य लगाएर दुध बेच्ने गरेको चन्द्रपुर ४ का स्थानीय शंकर बोलखेले बताए ।

चन्द्रपुर नगरपालिका वडा नं ४ मा संचालित निर्मल डेरीले ८० रुपैयाँ प्रतिलिटरका दरले दुध बिक्रि गर्ने गरेको संचालक निर्मल भट्टराई बताउँछन् । सोहि क्षेत्रमा रहेको प्रणामी डेरि, बास्तोला डेरि र आके डेरिले भने ९० रुपैयाँ प्रतिलिटरका दरले दुध बिक्रि गरिरहेको उपभोक्ताहरु बताउँछन् । बढी मूल्यमा दुध बेच्दै आएका व्यवसायीले आफूहरुले शुद्ध दुध बेच्ने गरेको दाबी गर्दै आएका छन् । जतिसुकै मूल्य तिरे पनि निजि डेरिहरुमा शुद्ध दुध नपाइने स्थानीय उपभोक्ता बताउँछन । ‘पानी मिसाइएको दुध बाध्यताबस लिनै पर्छ घरमा स–साना बालबच्चा छन । स्वस्थ रहनका लागि बालबालिकालाई दुध आवश्यक भएकै कारण जस्तोसुकै भए पनि लिनैपर्ने बाध्यता छ’, स्थानीय नितु कोइरालाले बताइन् ।

चन्द्रपुर नगरपालिका वडा नं ९ का किसान चेतनाथ सापकोटाले सहकारीले संचालन गरेको दुग्ध संकलन केन्द्रमा दुग्ध बेच्ने गरेका छन् । उनले संकलन केन्द्रमा शुद्घ दुग्ध बिक्रि गर्दा प्रतिलिटर ५५ रुपैयाँका दरले भुक्तानी पाउँछन् । तर, त्यही दुग्ध बिचौलियाहरुले कमाउँदै ९० रुपैयाँमा बेच्ने गरेको सापकोटा बताउँछन् । सापकोटा एक प्रतिनिधि पात्र मात्रै हुन् उनी जस्तै सबै किसानहरु बिचौलियाहरुबाट ठगिने गरेका छन् । सरकारले माघ २८ गतेदेखि लागु हुनेगरि प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा मूल्य बढाए पनि उक्त रकम किसानले पाउँदैनन् ।

प्रतिक्रिया