प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठक सुरु, एमसीसी अनुमोदन गरिदैं

पालिका डायरी
१५ फाल्गुन २०७८, १९:५८
प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठक सुरु, एमसीसी अनुमोदन गरिदैं

प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठक सुरु भएको छ ।

आजको पहिलो बैठकमा अमेरिकी सहयोग संझौता, मिलेनियम चयालेञ्ज कर्पाेरेशन (एमसीसी) माथि सांसदहरुले सैद्धान्तिक छलफल गरेका थिए । छलफल सकिए लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले अर्काे बैठक साँझ साँढे ६ बजे बस्नेगरी आधा घण्टाका लागि स्थगित गर्नुभएको थियो ।

तर १ घण्टा भन्दा बढि ढिलो बैठक सूरु भएको हो । आजको दोस्रो बैठकले एमसीसीलाई संसदबाट अनुमोदन गर्नेछ । सत्ता गठबन्धनमा सहभागी दलहरुबीच आइतबार बिहान एमसीसीलाई व्याख्यात्मक घोषणा सहित अनुमोदन गर्ने सहमति भएको थियो ।

मन्त्रिपरिषदको आजै बसेको बैठकले व्याख्यात्मक घोषणा सहितको प्रस्ताव पारित गरेको थियो । सो प्रस्तावलाई अर्थमन्त्री जनर्दन शर्माले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्नुहुनेछ ।

प्रतिक्रिया