दिउँसाे १ बजे बस्ने तय भएको संसद् बैठक अझै सुरु भएन

पालिका डायरी
१५ फाल्गुन २०७८, १४:५०
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

आज आइतवार दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन ।

आजको बैठकबाट अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्ने तयारी छ । तर संसद् बैठक बस्नुअघि बस्नुपर्ने कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बसेको छैन ।

एमसीसी अनुमोदनका लागि सत्तारुढ गठबन्धनले व्याख्यात्मक घोषणा पारित गर्ने सहमति गरेका छन् । मन्त्रिपरिषद्को बैठकले घोषणा पारित गरेपछि संसद्ले राष्ट्रिय महत्त्वको प्रस्तावका रूपमा पारित गर्नेछ । घोषणामा एमसीसी सम्झौताभन्दा नेपालको संविधान माथि रहने प्रष्ट उल्लेख गरिएको छ ।

यस्तै बौद्धिक सम्पत्तिमा नेपालकै हक लाग्ने, लेखापरीक्षण पनि नेपालको कानुनअनुसार हुने विषयलाई ग्यारेन्टी गरिएको छ । एमसीसी सम्झौता इन्डो प्यासिफिक स्ट्रेटेजी आईपीएस लगायत कुनै पनि सैन्य सम्झौताबाट टाढा रहेको सैन्य सम्झौतामा एमसीसी नबाँधिने उल्लेख छ ।

प्रतिक्रिया