रंग फेर्ने प्रतिस्पर्धामा प्रचण्ड र छेपारोलाई भिडाइयो भने जित प्रचण्ड कै हुन्छ : गोकुल बाँस्कोटा

पालिका डायरी
१३ फाल्गुन २०७८, २०:४९
रंग फेर्ने प्रतिस्पर्धामा प्रचण्ड र छेपारोलाई भिडाइयो भने जित प्रचण्ड कै हुन्छ : गोकुल बाँस्कोटा

पूर्वमन्त्री बाँस्कोटा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) छेपारोले जस्तै रंग फेर्ने स्वभावको भएको बताए ।

शुक्रबार साँझ हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्ड प्रकृती अनुसार रंग फेर्ने छेपारो जस्तै भएको बताएका हुन् ।

पछिल्लो समय देशको राजनीति घटनाक्रममा प्रचण्डले खेलेको भूमिकाको वर्णन गर्दैै पूर्वमन्त्री बाँस्कोटाले यस्ता मानिसको सजिलै बिश्वास गर्न नहुने बताए । छेपारोले घाममा एउटा रंग, शितलमा अर्को रंग फेर्छ । उहाँ पनि छेपारो भन्दा कम स्वभावका हुनुहुन्न । छेपारोले रंग फेरे जस्तै स्वभावका हुनुहुन्छ प्रचण्ड जी । रंग फेर्ने प्रतिस्पर्धामा प्रचण्ड जी र छेपारोलाई भिडाइयो भने जित प्रचण्ड जी कै हुन्छ,” उनले भने ।

प्रतिक्रिया