वीरगञ्ज : मोटरसाइकल चोरीको आरोपमा ३ जना पक्राउ

पालिका डायरी
११ फाल्गुन २०७८, २०:४५

पर्सा प्रहरीले चोरीको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–३ का ३२ वर्षीय महमद हस्मोदिन मियाँ, वडा नम्बर २४ का २७ वर्षीय दिलीप कुमार चौधरी र वडा नम्बर २५ का २४ वर्षीय राजन पटेल रहेका छन् ।

गत फागुन ५ गते बारा जिल्लास्थित परवानीपुर गाउँपालिका–३ बस्ने २२ वर्षीय निरन्जन रौनियारको प्रदेश २–०३–००७ प ८३०५ नम्बरको नीलो रंगको होण्डा साइन मोटरसाइकल पर्साको वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको पार्किङस्थलमा पार्किङ गरी राखिएको अवस्थाबाट चोरी भएको थियो ।

अभियु्क्त राजन पटेलले आफ्नो घरमा लुकाएर राखेको सो मोटरसाइकलको पार्टपूर्जा महमद मियाले आफ्नो ना.८ प. १०८३ नम्बरको होण्डा साइन मोटरसाइकलमा लगाएको र चोरीमा दिलिप चौधरीकोसमेत संलग्न रहेको अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाह खनालले जानकारी दिए ।

उनले महमद मियाको मोटरसाइकल र चोरी भएको मोटरसाइकलसहित अभियुक्तहरुलाई नियन्त्रणमा लिई थप कारवाही अघि बढाइएको बताए ।

प्रतिक्रिया