नाममा सहमति जुटाउने प्रयास स्वरुप प्रदेश-१ मा सर्वदलीय बैठक बस्दै

पालिका डायरी
१० फाल्गुन २०७८, १०:१५
नाममा सहमति जुटाउने प्रयास स्वरुप प्रदेश-१ मा सर्वदलीय बैठक बस्दै

प्रदेश-१ सरकार प्रदेशको नाम टुङ्गो लगाउन सहमति जुटाउने प्रयासमा जुटेको छ ।

प्रदेशको स्थायी राजधानी विराटनगर कायम भइसकेको लामो समय भइसक्दा पनि प्रदेश-१ ले नाम टुङ्गो लगाउन सकेको छैन । प्रदेशको नाममा सहमति जुटाउन आज १२ बजेपछि बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको हो ।

बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता तथा सरकारका सबै मन्त्रीलाई बोलाइएको छ । गएको माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले मन्त्री जयराम यादवलाई प्रदेश-१ को नामकरणका लागि सहजीकरण गर्ने जिम्मा दिएको थियो ।

मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण गर्न पहल गरे पनि अहिलेसम्म नाममा सहमति हुन सकेको छैन । अरु ६ वटा प्रदेशले नाम तथा स्थायी राजधानी टुङ्गो लगाइसकेका छन् ।

प्रतिक्रिया
Province__1_W2zG8JrKMo