एकै दिन साढे ८ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

पालिका डायरी
९ फाल्गुन २०७८, १७:१६
भाेलिदेखि काेराेना खाेपकाे ‘अतिरिक्त मात्रा’ दिइने

 

नेपालमा एकैदिन ८ भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन्। स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसर सोमबार एकैदिन आठ लाख ७३ हजार चार सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। योसहित नेपालमा तीन करोड ७७ लाख ५५ हजार चार सय २७ मात्रा खोप प्रयोग भएको छ।

अहिलेसम्म १८ वर्षमाथिका कुल जनसङ्ख्याको ९० दशमलव आठ प्रतिशत र १२ देखि १७ वर्ष उमेर समूहको ८८ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन्।

पछिल्लो २४ घण्टामा तीन सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी आठ हजार एक सय ४० जनाको नमुना परीक्षण गर्दा तीन सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय पाँच जना निको भएका छन्। योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५२ हजार पाँच सय ९९ जना पुगेको छ। यही अवधिमा थप चार जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय २५ जना पुगेको छ।

अहिले नेपालमा ११ हजार दुई सय ८२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन्।

प्रतिक्रिया