सत्ता गठबन्धनमा एमसीसी सम्झौता संसदमा टेबल गर्ने सहमति, संसदमा आजै पेस हुने

पालिका डायरी
८ फाल्गुन २०७८, १२:५६
सत्ता गठबन्धनमा एमसीसी सम्झौता संसदमा टेबल गर्ने सहमति, संसदमा आजै पेस हुने

सत्ता गठबन्धनमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीसँगको सम्झौता संसदमा टेबल गर्ने सहमति जुटेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटेको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु सहभागी थिए ।

एमसीसी सम्झौतामा सहमति जुटेसँगै आज बस्ने संसद् बैठकमा एमसीसी टेबल हुनेछ । संसद् बैठक दिउँसो १ बजे बस्ने छ । संसद् बैठक अघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ ।

प्रतिक्रिया