पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो, पेट्रोल लिटरको १४५ रुपैयाँ

पालिका डायरी
८ फाल्गुन २०७८, ०८:०९
पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो, पेट्रोल लिटरको १४५ रुपैयाँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य एक सय ४५ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य लिटरको एक सय २८ रुपैयाँ कायम भएको छ ।

ग्यासमा घाटा भए पनि मूल्य नबढाइएको निगमले बताएको छ । अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप र पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ ६१ पैसा, डिजेल पाँच रुपैयाँ ६२ पैसा र हवाई इन्धन चार रुपैयाँ ९५ पैसा बढेर आएकाले नेपालमा पनि भाउ बढाएको निगमले जनाएको छ ।

गएराति बढेको मूल्यमा बिक्री गर्दा पनि अबको १५ दिनमा निगमलाई दुई अर्ब १५ करोड रुपैयाँ घाटा हुने निगमको दाबी छ ।

गएको माघ मसान्तसम्म आफूले २४ अर्ब रुपैयाँ घाटा बेहोरिसकेको भन्दै निगमले पेट्रोलियम पदार्थ खरिदबापत आवश्यक पर्ने रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाइ राख्न कठिनाइ भएको बताएको छ ।

प्रतिक्रिया
petrol_pump_30yRZluanJ